site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ मा १९ उमेदवारमा हालसम्म कसले कति पाए मत ? (सूचीसहित)

काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । हालसम्म फाकफोकथुम गाउँपालिकाका वडा नम्बर–१, २, ३ र ४ को मतगणना सकिएको छ । ती वडाका पाँच हजार ८६८ मतगणना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रारम्भिक पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका सुवाङ नेम्वाङले अग्रता कायम गरेका छन् । उनले दुई हजार ५४२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काले दुई हजार १९७ मत प्राप्त गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रसिंह थेगिमले ५९३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बनेका मिलन लिम्बूले ३७९ मत प्राप्त गरेका छन् ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना भइरहेको छ । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन् ।

इलाम–२ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्छन् ।

इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

इलाम–२ मा हालसम्म उमेदवारले प्राप्त गरेको मत सूची हेर्नोस्–

qmsdg-1714311468.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्