site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बझाङ उपनिर्वाचन : कांग्रेस अगाडि, पछ्याउँदै एमाले

इलाम । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेस अगाडि छ ।

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ८५३ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारी ६ हजार ७०२ मत प्राप्त गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राप्त नतिजाअनुसार माओवादी केन्द्रका जनक बुढाले दुई हजार ८२२ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले दुई हजार ९१ मत प्राप्त गरेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०५:०३
प्रतिक्रिया दिनुहोस्