site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटन क्षेत्रको विकास अपरिहार्य : मन्त्री तामाङ
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका छन् । 

बिहीबार काठमाडौंमा जाउँ हिँड रेसुंगा अभियानको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकलाई अहिलेको स्थितिबाट माथि उठाउन पनि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले मुलुकलाई समुन्नत बनाउने आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्र पनि एक भएको बताए । पर्यटन क्षेत्रको विकासद्वारा नै रोजगारी सिर्जना र मुलुक समृद्ध बनाउनसक्ने उनको भनाइ थियो । बसाइँसराइको प्रक्रियालाई पनि पर्यटकीय क्षेत्रको विकासद्वारा रोक्न सकिने बताए । 

उनले भने, "हाम्रो मुलुक अहिले जुन स्थितिबाट गुज्रिरहेको छ, हामीले मुलुकलाई समुन्नत बनाउनको निमित्त आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्रलाई पनि एउटा महत्त्वपूर्ण आधारको रूपमा लिएका छौँ । पर्यटन क्षेत्रको विकासद्वारा नै हामीले रोजगारी सिर्जना गर्नसक्छौँ र मुलुकलाई आर्थिक रुपबाट समृद्ध बनाउन सक्छौँ । अहिले जुन हिसाबले जनसमुदायको स्थानान्तरण जसरी हुने गरेको छ, त्यो स्थानान्तरणको प्रक्रियालाई पनि यस्तै पर्यटकीय क्षेत्रको विकासद्वारा मात्रै रोक्न सकिन्छ ।" 

मन्त्री तामाङले गाउँ गाउँमा विकास निर्माणका पूर्वाधारहरूलाई केन्द्रित गरी पर्यटकीय गन्तव्य बनाउनसके समृद्ध नेपालको महत्त्वपूर्ण आधार बन्ने बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्