site stats
बाह्रखरी :: Baahrakhari
विदेश
राहुललाई मोदीको व्यंग्य– शाहज्यादा नभाग, नडराऊ

पश्चिम बंगाल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कंग्रेस नेता राहुल गान्धीले आफ्नो पुरानो निर्वाचन क्षेत्र छोडेर अन्यत्रबाट चुनाव लडेकोमा व्यंग्य गर्दै भनेका छन्, “म आज उनलाई भन्न चाहन्छु अरे नडराऊ, नभाग ।”

मोदीले  थपे, “अब न कुनै ओपनियन पोलको जरुरत छ न त एक्जिट पोलको नै । रिजल्ट प्रष्ट भएको छ । मैले दुई, तीन महिना पहिले नै भनेको थिएँ । उनीहरूका सबैभन्दा ठूला नेता चुनाव लड्ने हिम्मत गर्दैनन्, भाग्नेछन् भनेको थिएँ, उनी अहिले भागे । राजस्थानबाट राज्यसभामा गए । मैले पहिले नै भनेको थिएँ । शाहज्यादा वायनाडबाट हारिरहेका छन् । हारको डरले वायनाडमा मतदान हुनासाथै उनले तेस्रो सिट खोज्नेछन् । सबैले भनिरहेका थिए, उनी अमेठी आउनेछन् । अमेठीबाट पनि यति धेरै डराए कि उनी रायबरेलीमा बाटो खोजिरहेका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोदीले पश्चिम बंगालको बर्धमानमा चुनावी सभालाई सम्बोधन गर्दै राहुलको नाम नलिइ शाहज्यादा भनेर यसरी टिप्पणी गरेका हुन् । राहुल कर्णाटकको वायनाडबाट पनि चुनाव लडेका छन् । त्यहाँको मतदान दोस्रो चरणमा सम्पन्न भइसकेको छ ।

मोदीले यसपटक कंग्रेस पार्टी पहिलाभन्दा पनि कम सिटमा सीमित हुने बताएका छन् । राहुल गान्धी सन् २००४ बाट २०१९ सम्म अमेठीबाट सांसद रहेकोमा २०१९ मा उनी केन्द्रीय मन्त्री स्मृति इरानीसँग चुनाव हारेका थिए । त्यसैले उनले अमेठीबाट उमेदवारी नदिइ यसपटक रायबरेलीबाट दिएको अनुमान गरिएको छ ।

स्मृति इरानीको अर्को व्यंग्य
यसै प्रसंगमा, राहुललाई २०१९ मा चुनाव हराउने केन्द्रीय मन्त्री इरानीले पनि गान्धीले अमेठीबाट चुनाव नलडी सो क्षेत्रमा किशोरीलाल शर्मालाई कंग्रेसले उममेदवार बनाएकोमा व्यंग्यात्मक प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, “अतिथिलाई स्वागत छ, हामी अतिथिलाई स्वागत गर्नका लागि कुनै कसर बाँकी राख्ने छैनौँ ।” 

उनले अगाडि भनेकी छन्, “अमेठीबाट गान्धी परिवार नलड्नुको यो संकेत हो कि कांग्रेसले अमेठीबाट पहिले नै हार स्वीकार गरिसकेको छ । त्यहँ जितको गुञ्जाइस हुन्थ्यो भने राहुल गान्धी उमेदवार हुन्थे ।” बीबीसी

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्