site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा प्लाइ कार्पेट कारखानामा आगलागी : दुईजना घाइते
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । चाँगुनारायण नगरपालिका‐२, दुवाकोटमा सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाइ कार्पेट कारखानामा आज आगलागी भएको छ । आगलागी नियन्त्रणका क्रममा दुईजना घाइते भएका छन् । 

आगलागी भएको जानकारी पाएपछि दुवाकोटस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकबाट आएको सात वटा दमकल, भक्तपुर, ललितपुरबाट आएका चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा पाँच घण्टा लगाएर आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार आगो निभाउने क्रममा घाइते भएका रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठको इवामुरा अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, गम्भीर घाइते भएका भारतको बंगाल घर भई हाल दुवाकोट बस्ने २९ वर्षीय मनु उर्वाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । इवामुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुर लगिएको उनले जानकारी दिए । 

आगलागीको कारण खुलेको छैन । आगलागीबाट एक करोड ८० लाख बराबरको क्षति भएको प्रनाउ कार्कीले जानकारी दिए । रासस 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्