site stats
बाह्रखरी :: Baahrakhari
देश
हिँडेर मात्र हुँदैन, शरीरलाई चाहिन्छ तीन खाले ‘मुभमेन्ट’

काठमाडौं । धेरै मानिसमा ‘वाकिङ’ (हिँडाइ) सजिलो र पहुँचयुक्त कसरतका रूपमा मानिन्छ । थुप्रै अध्ययनले यसबाट निकै नै फाइदा हुने देखाएको छ ।

हरेक दिन कम्तीमा २३ सय पाइला हिँडेमा हृदयरोगबाट मृत्यु हुने जोखिम घटाउने एक अध्ययनले देखाएको छ । सन् २०२३ मा युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीले सो रिपोर्ट प्रकाशित गरेको थियो । यसबाहेक नेचर साइन्टिफिक जर्नलमा प्रकाशित अर्को एक रिपोर्टमा तौल घटाउन प्रयोग गरिने ‘वाकिङ’ले ओस्टियोपोरोसिस (हाडसम्बन्धी रोग)को निवारणमा पनि मदत गर्ने उल्लेख छ । 

स्वास्थ्य र फिटनेससम्बन्धी विज्ञहरू हिँड्नु स्वास्थ्य र फिटनेसको लागि फाइदाजनक हुने तर, यो वास्तवमै उच्च कोटीको कसरत भने नभएको बताउँछन् । यससम्बन्धी एक विज्ञ तथा व्यक्तिगत अनलाइन ट्रेनिङ प्ल्याटफर्म टेम्पोका सर्टिफाइड पर्सनल ट्रेनर मेलिसा बोइड भन्छिन्, “हाम्रो जनजीवन निकै व्यस्त भएको छ । हामी यात्रा गछौँ, दिनभरी बस्छौँ र राति थकित हुन्छौँ । त्यसैले यो छोटो हिँडाइले तपाईंलाई ठूलै कुरा गरेजस्तो लाग्छ,” उनले भनिन् “तर, हिँडाइ तपाईंको शरीरलाई सामान्यीकरण गर्न, पाचन प्रणालीलाई ठीक राख्न र राम्रोसँग काम गर्ने अवस्थामा राख्नका लागि आधारभूत कुरा हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले तीन प्रकारका मुभमेन्टले समग्र स्वास्थ्य र फिटनेसलाई मदत गर्ने बताएकी छन् । पहिलो, हरेक दिन हिँडाइ, शरीरलाई तन्काउने र झुकाउने कुरा हुन् । दोस्रो, मांसपेशीको ‘मुभमेन्ट’ हो । जुन हप्तामा केही समय खेलकुदका गतिविधिमा संलग्न हुँदा प्राप्त गर्न सकिन्छ । तेस्रो, सामाजिक मुभमेन्ट हो । यसमा रमाइलोको लागि वा अरुसँग सम्पर्कमा आउनका लागि नृत्य वा भलिबल खेलबाट उपलब्ध हुन सक्छ ।

यी विभिन्न प्रसंगमा मुभमेन्टबारे सोच्नु जरुरी छ । उनी भन्छिन्, “हाम्रो जनजीवनमा बसाइँ यति लम्बिन्छ कि हामी मुभमेन्टबाट घाटा हुने जसरी आफूलाई त्यसबाट टाढा राख्छौँ ।”

हाम्रो शरीर धेरै तरिकाबाट चल्नुपर्छ
“हिँडाइ महत्त्वपूर्ण कुरा हो, तर यो एउटा मात्रै कुरा हो । यो दिशाहीन मुभमेन्टको एउटा रुप हो । तर, हाम्रो शरीरलाई काम गर्न सक्ने गरी फिट हुनका लागि अझ धेरै गतिविधि चाहिन्छ,” एचएसस अर्थोपेडिक्स विथ स्ट्यामफोर्ड हेल्थ इन कन्नेक्टिकटका स्पोर्ट मेडिसिन सर्जन डा. कार्ल किरिनो भन्छन् ।

मानिसले हाड र मांशपेशीलाई जोड्ने तन्तुलाई निहुरिँदा, घुमाउँदा दैनिक जनजीवनमा प्रयोग गरिरहेको हुन्छ । त्यसैले काम गर्ने र शरीरलाई धेरै दिशामा तन्काउने गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।  

“तन्काई अविश्वस्नीय रूपले सजिलो हुन्छ । जुन तपाईं उठेको बेलामा र बेडमा जानुअघि पनि गर्न सक्नु हुन्छ” किरिनोले भने । 

लचिलो मांशपेशीलाई लुज बनाउँदा थप सन्तुलन र स्थिरता प्राप्त गर्न सकिने उनको भनाइ छ । यसो गर्दा शारीरिक गतिविधिका क्रममा लड्न र घाइते हुनबाट जोगिन सकिन्छ । 

“हप्ताका केही समय तपाईंको मुटुमा धड्कनको गति बढाउने काम गर्दा पनि हृदयरोगबाट जोगिन मदत गर्दछ । आदर्शका हिसाबले कुरा गर्दा दैनिक मुभमेन्टका लागि  योजना बनाउनु उपयुक्त हुृन्छ । जस्तो शरीर तन्काउने वा हिँड्ने । यसअन्तर्गत हप्ताभरीका लागि केही धड्कन बढाउने गरी काम र सामाजिक गतिविधिहरू त्यसमा समेट्नु पर्दछ । यति नै गर्दा धेरैका लागि भारी हुन्छ,” उनीहरूको भनाइ थियो ।

यी सबै मुभमेन्टलाई कसरतको स्न्याक्सको रूपमा आफ्नो शरीरलाई चाहिने गरी राख्न सकिने बोइड बताउँछिन् । ‘वाल्किङ प्याड’ लिएर कतिपय बैठक विस्तारै हिँडेर गर्न सकिन्छ । हरेकपटक बाथरुम जाँदा १० पटक त्यही भित्तामा पुस अप गर्न सकिनेछ । 

त्यस्तै, उनी आफ्ना ग्राहकलाई किकबल वा पिकबल जस्ता गतिविधिमा पनि संलग्न हुन सुझाव दिन्छिन्  । जसले आनन्दित पनि गराउने र सोसल पनि बनाउने उनको भनाइ छ । 

किरिनो स्वीकार्छन्, “स्पोर्टस मेडिसिनको रूपमा आमाबाबुले बालबालिकालाई बेसबल खेलाउन चाहन्छन् तर उनीहरूले मानिरहेका हुँदैनन् । कसरतमा पनि यस्तै हो । हामीले त्यस्ता केही कुरा खोज्नुपर्दछ जुन सजिलो र चाखलाग्दो हुन्छ ।” 

“कसरतको लागि पुनर्विचार गर्दा शरीरले काम गर्न सक्नुपर्छ, फिटनेस हुनुपर्दछ र सोसल कनेक्सन पनि हुनुपर्दछ । दिमागमा यो कुरा पनि राख्नुपर्दछ कि कसरतको योजना बनाउँदा तुरुन्तै र व्यापकरूपमा आफ्नो जनजीवनमा परिवर्तन गर्नु पर्दैन । वास्तवमा विस्तारै सानो–सानो हिसाबले सुरु गर्दा हुन्छ,” उनले भने । सीएनएन

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्