site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पहिचान बनाउन साथ दिने आमाहरूका लागि नबिल बैंकको मनछुने भिडियो सन्देश

काठमाडौं । हरेक आमाहरूले परिवारको पहिचान बनाउन आफ्नो ‘करिअर’मा ब्रेक लगाउँछन् । परिवारको महत्त्वपूर्ण खम्बा भएर उभिन्छन् । अझ आफ्नो सन्तानका लागि आमाले आफ्नो सारा खुसी नै बन्धकी राख्छन् । उनीहरूले आफू ‘को हुँ’ भन्ने नै बिर्सन्छन् ।

आमाको पहिचान र सन्तानको कर्तव्य झल्काउने नबिल बैंकले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर आम आमाहरूलाई भावुक बनाउने र सन्तानको पहिचान झल्काउने भिडियो सार्वजनिक गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुई मिनेट ४५ सेकेन्डको यो भिडियोमा आमाले छोराछोरीलाई समय दिँदा आफू को हुँ भनेर बिर्सिएको देखिन्छ । तर, आमालाई आफ्ना सन्तानले विगतलाई सम्झाइदिएर त्यसलाई निरन्तरता दिन प्रोस्साहन गरेको पनि देखिन्छ ।

यो भिडियोले आमा आफ्ना सन्तानप्रति जति जिम्मेवार र चिन्तित हुन्छन् । आमाको खुसीको लागि सन्तानले आमाको इच्छा र भावना बुझ्नुपर्छ भन्ने सन्देश दिएको छ ।

बैंकले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सेयर गर्दै भनेको छ, “हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्दै नबिल बैंकको तर्फबाट आमाको मुख हेर्ने दिनको शुभकामना”

हेर्नुहोस् भिडियो 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्