site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्च अदालतकाे सबै सुनुवाइ स्थगित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं। सर्वोच्च अदालतको बिहीबार (आज)को पेसी सूचीमा रहेका सबै सुनुवाइ स्थगित भएको छ। पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको हो। सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार  सर्वोच्चमा बिहीबार प्रशासनिक काम कारबाही मात्र हुनेछ।

यससँगै गण्डकी प्रदेश सरकारविरूद्धको रिटमाथिको सुनुवाइ रोकिएको छ। तर, कोसीमा प्रदेश प्रमुखको नयाँ सरकार गठनका लागि आह्वान गर्ने निर्णयविरूद्ध कांग्रेसले दायर गर्न लागेको रिटका लागि भने प्रशासनिक बाधा परेको छैन।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्