site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपेन्द्रलाई अशोकको जवाफ– अदालतको ढोका सबैलाई खुला छ 
अशोक राई । फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अदालत जान चुनौती दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूको पार्टी कानुनसम्मत रूपमा दर्ता भएको जिकिर गरे ।

“अदालतको ढोका सबैको लागि खुला छ । निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले असंवैधानिक भए दर्ता गर्दैन थियो नि,” उनले भने, “उहाँहरू अदालत जान सक्नुहुन्छ । कानुनसम्मत दर्ता भएको पार्टीलाई अन्यथा हुने कुरा छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसपा, नेपालका अध्यक्ष यादवले बुधबार (हिजो) पत्रकार सम्मेलन गर्दै असंवैधानिक रूपमा पार्टी दर्ता गरिएको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने बताएका थिए ।

अध्यक्ष राईले आफ्नो पार्टी सरकारमा नै रहेको बताए । यादवको पार्टी सरकारमा रहने/नरहने विषय प्रधानमन्त्रीमा निर्भर हुने उनले उल्लेख गरे ।

“सरकारमा नै छौँ । हाम्रो पार्टीको तर्फबाट मन्त्री सरकारमै हुन्नुहुन्छ । उहाँ (यादव) सरकारमा रहनुहुन्छ कि रहनु हुन्न, प्रधानमन्त्रीले निर्क्योल गर्नुपर्ने कुरा हो । कस्तो प्रगति हुन्छ, समयले देखाउला,” राईले भने ।

उनले कसैसँग लेनदेनका आधारमा पार्टी विभाजन नगरिएको जिकिर पनि गरे ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्