site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इजरायलमा निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ, छानबिन गर्न उपसमिति गठन
फाइल तस्बिर ।

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ‘नाइन एन–एकेएक्स’ जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गरेको छ । निगमले शुक्रबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

“नेपाल वायुसेवा निगमको नाइन एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा २०८१ वैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको छ ।” विज्ञप्तिमा भनिएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्टस्ट्री (आईएआई)मा मर्मत सम्भार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवम् अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

यसभन्दा अगाडि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल वायुसेवा निगम र आईएआर्यबीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दाबी गर्न गत फागुन २२ गते निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्