site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल चिया विकास निगमका तत्कालीन सिनियर एकाउन्टेन्टसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बिर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटिया समेत चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ३९ लाख ८९ हजार ६७७ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा झापाको बिर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका तत्कालीन लेखापाल मनिष कुमार कर्ण, तत्कालीन अफिस कर्ल्क राजु भन्ने गुणराज श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल बेदबहादुर राना छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल चिया विकास निगम लिमिटेडको बिर्तामोडमा कार्यरत कर्मचारीले विद्युत् प्राधिकरणलाई विद्युत् महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकम बुझाई भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरू गरेको थियो ।
अनुसन्धान हुँदा चिया विकास निगमले आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्म तिर्नुपर्ने विद्युत् महसुल रकम एक करोड ९३ लाख ६५ हजार ६५१ रुपैयाँ रहेको पाइएको थियो ।

तर, उनीहरूले नक्कली बिल भरपाई पेस गरी दुई करोड ३३ लाख ५५ हजार ३२९ रुपैयाँ लिन लगाएको अनुसन्धानका क्रममा खुलेको थियो । उनीहरूले मिलेमतोमा ३९ लाख ८९ हजार ६७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्