site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्व वन्यजन्तु कोषमार्फत् प्राप्त हुने एक अर्ब २० करोड रुपैयाँ स्वीकार्ने सरकारको निर्णय 
फाइल तस्बिर

काठमाडौं । सरकारले विश्व वन्यजन्तु कोषमार्फत् प्राप्त हुने करिब एक अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत नेपाललाई प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले इजरायल घटनामा निधन भएका ६ नेपालीको शव त्रिभुवन विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुराउँदा लागेको कुल खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी दिने निर्णय गरेको छ ।

त्यस्तै, चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरुप उपलव्ध गराउन प्रस्ताव गरेको सात सवारी साधान स्वीकार गर्ने र चितवन जिल्लामा निर्माणाधिन पुलको पहुँचमार्ग निर्माणका लागि करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् । 

बैठकले  नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गरेको छ भने राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरी काम कर्तव्य र अधिकार तोक्ने निर्णय गरेको प्रवक्त शर्माले जानकारी दिइन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्