site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित भोलि र पर्सि केही स्थानमा वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा भोलि (आइतबार) र पर्सि (सोमबार) वर्षाको सम्भावना छ । देशका अरू केही भूभागसहित काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा भोलि साँझ र राति वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “काठमाडौंमा भोलि अपराह्नपछि वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “साँझ र राति वर्षाको सम्भावना देखिन्छ । हल्का वर्षा हुनसक्छ ।”

भोलि कोसी, मधेस, गण्डकी, वाग्मती, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि वर्षाको सम्भावना रहेको उनले स्पष्ट पारे । यी प्रदेशका पहाडीसँगै तराई भूभागमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“रेनफल (वर्षा)को सम्भावना छ । विशेष गरी भोलि साँझ र राति वर्षाको सम्भावना छ,” उनले भने, “मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

पर्सि (सोमबार) पनि काठमाडौंसहित देशका विभिन्न स्थानमा आइतबारकै जस्तो वर्षाको सम्भावना रहेको उनले बताए ।

शनिबार झापा, मोरङ, दोलखा, कास्की, पर्वत, प्युठान, अर्घाखाँचीलगायत स्थानमा वर्षा भएको उनले जानकारी दिए ।

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । पूर्वी भूभागमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको पनि असर देखिएको उनको भनाइ छ ।

“अहिले अरू क्षेत्रका लागि स्थानीय वायु र पश्चिमी वायु नै हो । स्थानीय वायु अलि सक्रिय देखिन्छ,” उनले भने, “पूर्वी क्षेत्रमा भने बंगालको खाडीको जलवाष्पयुक्त हावाको पनि असर परेको देखिन्छ ।”

महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

मौसम विश्लेषण (Meteorological Analysis):

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

हाल मौसमको अवस्था (Present Weather Status):

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।

२०८१ जेठ ०५ गते (शनिवार)

रातीː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ जेठ ०६ गते (आइतवार)

दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। मधेश र लुम्बिनी प्रदेश लगायत कोशी,  बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ जेठ ०७ गते (सोमवार)

दिउँसोː  कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा तातो लहरको सम्भावना यथावत् रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्