site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीलाई मात्रै फसाउने गरी समिति गठन गर्ने कुरा स्वीकार्य हुँदैन : भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले गृहमन्त्रीलाई मात्रै फसाउने गरी संसदीय छानबिन समिति गठन गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेसले भनेका केही सहकारीसहित समग्र सहकारीको छानबिन गर्ने गरी समिति बन्नुपर्ने भन्दै गृहमन्त्रीलाई मात्रै फसाउने गरी संसदीय छानबिन समिति गठन गर्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले समिति बनेपछि हुने छलफल र निष्कर्षले दोषी देखाएकालाई कारबाही गर्न सकिने धारणा राखे । भट्टराईले सुन प्रकरण जस्तै न्यायिक आयोग गठन गर्न सहज हुने भए पनि संसद्को समिति बनाउनका लागि भने सहज नहुने जिकिर गरे । 

त्यस्तै, माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकार लचिलो भए पनि प्रतिपक्षी दल मुठभेडमा उत्रिएको बताए । उनले कांग्रेसको क्रियाकलापले अहिलेको व्यवस्थाको विरोधीहरूलाई फाइदा पुगिरहेको जिकिर गरे ।  

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्