site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘टीओआर’मा अझै सहमति भएन, शीर्ष नेतासँग सल्लाह गरेर टुंग्याइने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय समितिको क्षेत्राधिकार ‘टीओआर’ बनाउने कार्यदलको बैठक बिनासहमति टुंगिएको छ । बिहीबारको बैठकमै दुवै पक्षले एक अर्कालाई लचक भएको भनेर सहमतिनजिक रहेको सन्देश बिनासहमति नै टुंगिएको हो । 

“बैठक टुंग्याएका छैनौँ, सहमति पनि भइसकेको छैन,” समितिका सदस्य तथा नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भने, “अब हामी पनि हाम्रा नेतासँग कुरा गछौँ, कांग्रेसले पनि आफ्ना शीर्ष नेताहरूसँग कुरा गरेपछि अर्को बैठकबाट सहमतिमा पुग्छौँ ।” 

स्रोतका अनुसार नेपाली कांग्रेसले लामिछानेको नाम नराखी समितिको टीओआर बनाउन अहिले पनि सहमति दिएको छैन । उसले नेपाली कांग्रेसले गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेमाथि छानबिन गर्ने भन्ने नरम भाषा बनाउन प्रस्ताव गरेपछि त्यसमा सत्तारूढ दलहरूले आफ्ना नेतासँग सहमति लिने खोजीमा निस्किएका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्