site stats
बाह्रखरी :: Baahrakhari
कला
साम्राज्ञीको गुनासो– मलाई लभस्टोरीमा मात्र काम गर्ने नायिका जस्तै बनाइयो 
तस्बिर चलचित्र ‘लन्डन टु पेरिस’को ट्रेलरबाट ।

काठमाडौं । नायिका साम्राज्ञी आरएल शाहले आफूलाई सिनेमा मेकरहरूले लभस्टोरी जानरामा राखिसकेको बताएकी छन् । लभस्टोरी चलचित्र र सहरिया युवतीको क्यारेक्टरका लागि मात्रै अफर आउने गरेको उनकाे भनाइ छ । 

“मलाई त्यस्तै (लभस्टोरी) जानरामा राखिसकिएको छ । त्यस्तै खालका ८/९ वटा स्क्रिप्टबाट छनोट गरेर मैले काम गरिरहेको छु,” केही दिनअगाडि काठमाडौंमा चलचित्र ‘लन्डन टु पेरिस’को निर्माणपक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, “पक्कै पनि म फरक–फरक जानरामा काम गर्न चाहन्छु । अरु क्यारेक्टरमा पनि अनुभव लिन चाहन्छु । तर आइरहेका एकै खालका क्यारेक्टरबाट छनोट गरेर काम गरिरहेको छु ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साम्राज्ञी मुख्य भूमिकामा रहेको चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुँदै छ । यो चलचित्रमा पनि उनी सहरिया युवतीको भूमिकामा छिन् । 

घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रको कथा प्रदीप भारध्वजले लेखेका छन् । साम्राज्ञीसँगै यो चलचित्रमा निश्चल खड्का, कविर खड्का, गरिमा शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।   

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्