site stats
बाह्रखरी :: Baahrakhari
देश
सोरु गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले १३ लाख ७२ हजार ३४० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दमा सबैजनासँग १३ लाख ७२ हजार ३४० रुपैयाँ बिगो दाबी गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सोरु गाउँपालिकाका तत्कालीन इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहाुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा, सेरु गाउँपालिकाका अनुगमन समिति संयोजक दलवीर सार्की र सोरु गाउँपालिका–७ का तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमी रहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा सोरु गाउँपालिका–७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिक समेतको मिलेमतोमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ बढी भुक्तानी दिएको पुष्टि भएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्