site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा प्रस्तुत

काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रियसभामा प्रस्तुत गरिएकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार विधेयक प्रस्तुत गरेकी हुन् । 

विधेयकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको मन्त्री शर्माले जवाफ दिएकी थिइन् । यसपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले सरकारको तर्फबाट प्रस्तुत गरेको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको अध्यक्ष दाहालले घोषणा गरे । 

राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो सवा १२ बजे बस्नेछ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्