site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थमन्त्रीलाई सांसदको प्रश्न– कालो मानिस देखेपछि बजेट नदिने, मधेस तपाईंको सौता हो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अर्थमन्त्री वर्षमान पुनलाई मधेस प्रदेश तपाईंको सौता हो ? भन्दै प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आगार्मी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले मधेस प्रदेशलाई बजेट दिन किन हेपेको भन्ने प्रश्न गरे ।

कर्णालीलगायत अन्य प्रदेशमा त्यति धेरै पैसा पठाउँदा मधेसलाई भने दोस्रो दर्जाको रूपमा व्यवहार गरिएको उनको तर्क छ । “अघिल्लो पटक मधेस र कर्णाली प्रदेशमा कम बजेट गएको थियो । यसपटक कर्णालीमा १६ अर्ब बढी बजेट गयो । मधेसमा गएन,” उनले भने, “के मधेस प्रदेश तपाईंको सौता हो ? कालो मानिस देख्दैमा तपाईं बजेट नदिने ? मधेस तपाईंको दोस्रो दर्जाको व्यक्ति हो ?”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कर्णालीमा १६ अर्ब बढी बजेट जाँदा मधेसमा ११ अर्ब रूपैयाँमात्र बजेट दिइएको भन्दै आपत्ति जनाए । “मधेसलाई पुँजीगत खर्च एक अर्बमात्र जबकी कर्णालीमा तीन अर्ब गएको छ, वाग्मतीमा तीन अर्ब बढी । समानीकरण ससर्त अनुदान मधेस प्रदेशमा नजाने ?,” उनले भने ।

सत्ता पक्षका दल नेकपा (एमाले) अध्यक्षले यो बजेट अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट वा नेपाल सरकारको बजेट कसको हो छुट्टाउनै गाह्रो भएको भन्ने कुरा यर्थाथ भएको उल्लेख गरे ।

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्