site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट : अर्जुननरसिंह केसी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभइ पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको आराेप लगाएका छन् । 

मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले मुलुक आर्थिक संकटको दिशामा उन्मुख भएको अवस्थामा अर्थतन्त्रको संकट निराकरण गर्ने खालको बजेट नआएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कठोरतापूर्वक वितरणमुखी बजेटलाई नियन्त्रण गरी उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिनुपर्नेमा अर्थमन्त्रीले पार्टीका कार्यकर्तालाई सुखी बनाउने गरी बजेट ल्याएको सांसद केसीको आरोप छ । 

“मुलुक आर्थिक संकटको दिशामा उन्मुख छ । अर्थतन्त्रको संकट निराकरण गर्नको निम्ति जनप्रियतामा आधारित होइन । पार्टीका कार्यकर्तालाई सुखी बनाउने गरी निर्मम भएर कठोरतापूर्वक वितरणमुखी बजेटलाई नियन्त्रण गरेर उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिएर नयाँ दिन सक्दिनँ भन्ने आँट अर्थमन्त्रीले लिनुपर्ने थियो । साधारण खर्च कटौतीमा गम्भीर हुन आवश्यकता छ । साधरण खर्च राष्ट्रिय स्रोतबाट धान्न नसक्ने अवस्था छ । आन्तरिक राजस्व लक्ष्य पूरा हुने अवस्था छैन । वैदेशिक ऋणभन्दा आन्तरिक ऋण एक खर्ब बढी छ । त्यसले गर्दा सन्तुलित र राम्रो भन्न नसकिने अवस्था छ,” उनले भने । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्