site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंक र बुटवलको ग्यास्ट्रो सेन्टरबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र बुटवलस्थित ग्यास्ट्रो सेन्टरबीच बैंकका ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ ।

सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरूमा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकको विश्वास छ ।

सिटिजन्स बैंकले देशभरि फैलिएका १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्