site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी छानबिन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ : महेश बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले यस समितिमा एमालेको भूमिकाप्रति आशंका गर्नेहरूले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरू सचेत रहेको स्पष्ट पारे । समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने बताए ।

"त्यो आरोप लगाउनेहरू नै सहकारीपीडितहरूलाई न्याय दिन चाहँदैनन् । उनीहरू नै यो तीन महिनामा प्रतिवेदन ल्याउन दिँदैनन् । उनीहरू नै यो विशेष समितिलाई काम गर्न नसक्ने बनाउँछन् । किनकी तपाईं हेर्दै जानुस्, हरेक दिन सहकारीपीडितहरू, सहकारी ठगहरू अरु कोही होइनन् आरोप लगाउनेहरू नै उहाँहरूकै दलका चारतारे झन्डा बोकेकै मान्छेहरू एक पछि अर्को भेट्न पाउनु हुनेछ," उनले भने ।

प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरी तोकिएकै समयमा प्रतिवेदन पेस गर्ने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्