site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रतिप्रश्न– शिक्षामन्त्रीलाई मैले के भनेको छु ? 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठलाई मैले के भनेको भनि प्रतिप्रश्न गरेका छन् । 

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा उनले सोधे, “शिक्षामन्त्रीसँग मैले के भनेको छु ?” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले नेपाल घुम्न आएकी मन्त्री भइन् भनेर दिएको अभिव्यक्तिमा आलोचना भइरहेको छ । उनले आफूले भनेको कुरा कुनै व्यक्ति विशेषसँग सम्बन्धित नरहेको बताए ।

त्यसलाई अनावश्यक रूपमा जोड्न आवश्यक नरहेको पनि बताए । “त्यो कसैसँग सम्बन्धित छैन । कसैसँग नाम, ठेगाना मिलेजस्तो लाग्दैन,” ओलीले भने, “त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ हुन्छ ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्