site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदै
फाइल तस्बिर । 

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । 

बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्