site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दाबी

जेरुसेलम (इजरायल) । दक्षिण लेबनानमा मंगलबार गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।

लेबनानबाट पार गर्ने लगभग ९० वटा प्रक्षेपण पहिचान गरिएको सेनाले विज्ञप्तिमा जनाएको छ । सेनाका अनुसार धेरैलाई रोकियो तर, अन्य केहीले उत्तरी इजरायलमा प्रहार गर्दा केही क्षेत्रमा आगजनी भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेबनानी लडाकु समूह हेजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासले अक्टोबर–७ मा दक्षिणी इजरायलमा आक्रमण गरी गाजामा युद्ध सुरु गरेपछि इजरायली सेनासँग लगभग दैनिक सीमापार गोलीबारी गरेको छ । 

हालका दिनहरूमा तापक्रमसँगै युद्धको गति बढेको र हवाई आक्रमणको आदानप्रदानले सीमाको दुवै छेउमा धेरै आगजनी र डढेलोका घटनामा वृद्धि भएको छ । मंगलबार इजरायली आक्रमणमा हेजबुल्लाहका एकजना वरिष्ठ कमाण्डर मारिएपछि लेबनानबाट पछिल्लो आक्रमण आएको हो । हेजबुल्लाहले मारिने व्यक्ति अबु तालेब भनिने कमान्डर तालेब सामी अब्दुल्लाह रहेका र उनको जन्म सन् १९६९ मा भएको बताएको छ । 

लेबनानी सैन्य स्रोतले उक्त कमान्डर युद्ध सुरु भएदेखि अहिलेसम्म मारिएका हेजबुल्लाहमा सबैभन्दा महत्त्वपूर्ण भएको बताएको छ । इजरायली आक्रमणले सीमाबाट १५ किलोमिटर  टाढा रहेको जौइया सहरमा प्रहार गरेको र अन्य तीनजनाको पनि मृत्यु भएको स्रोतले जनाएको छ । रासस/एएफपी 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्