site stats
बाह्रखरी :: Baahrakhari
देश
माग पूरा नभए लघुवित्तपीडित संघर्ष समिति फेरि आन्दोलनमा उत्रिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलनमा उत्रिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले सरकारले दुई महिनाभित्रै समस्या समाधान गर्ने गरी सहमति गरे पनि कार्यान्वयन गर्न बेवास्ता गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो । 

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सहमतिविपरीत लघुवित्तपीडितलाई कालोसूचीमा राख्ने, धितो लिलामको धम्की दिनेलगायत काम भएकाले पुनः आन्दोलनकाे तयारी गर्नुपरेको जानकारी दिए । 

उनले असार १५ गतेसम्म आफूहरूको माग पूरा नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरूविरुद्ध आन्दोलन गर्ने जानकारी दिए ।  संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, आम गरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै आएको छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्