site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखरले भने– कांग्रेस कमजोर भएको छ, पार्टी छाडेकाहरू फर्कनुस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको घर कमजोर भएको भन्दै पार्टी छाडेकाहरूलाई पुनः सक्रिय हुन अनुरोध गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताए । गुटबन्दीकै कारण योग्य र इमान्दार मानिसहरू पछाडि पर्दै गएको भन्दै उनले निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता छ,” उनले भने । नेता कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई कांग्रेसमा फर्कन आग्रह गरे ।

कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरू सक्रिय भएको बताउँदै कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको उनले बताए । राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो कांग्रेसको आवश्यकता रहेको उनको भनाइ थियो ।

जे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्कन कोइरालाले सबैलाई आग्रह गरे ।“हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ–आफ्नो कमीकमजोरी स्वीकार्दै पार्टी बलियो बनाउन लागौँ,” कोइरालाले भने ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्