site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटाको टियागो ईभीको मूल्य एक लाखले बढ्यो

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण टियागो ईभीको मूल्य बढेको बताएको छ ।

कम्पनीले विद्युतीय गाडी टियागोका सबै मोडलहरूमा एक लाख रुपैयाँ मूल्य वृद्धि भएको बताएको हो । यससँगै टियागो ईभी लङ रेञ्जको सुरुआती मूल्य २७ लाख ४९ हजार रुपैयाँ भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बजेट नीतिका कारण साढे दुई लाखदेखि तीनलाख रुपैयाँसम्म मूल्य बढ्ने भए पनि कम्पनीले ग्राहकहरूलाई पर्नजाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्यूनतम वृद्धि गरेको जनाएको छ ।

टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर एक ह्याचब्याक भएको कम्पनीको दाबी छ । हालसम्म यो टियागो ईभीका दुई हजारभन्दा बढी ग्राहक रहेको र यो संख्या उल्लेख्य रूपमा बढिरहेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्