site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धितोपत्र बोर्ड अध्यक्षका तीन आकांक्षी अझै सम्पर्कमा आएनन्, प्रक्रिया नै रद्द गर्न खोजेका हुन् ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई गत आइतबार बिहान ९ बजे व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलायो । उक्त दिन पाँच जनामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र उपस्थित भए ।

अध्यक्षका लागि सर्टलिस्टमा परेका बाँकी तीनजना डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईं भने उक्त दिन आएनन् । सो दिन उहीहरू फोन नै अफ गरेर बसे । उनीहरू अहिलेसम्म पनि आफ्नो माबाइल अफ गरेर बसेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बोलाएको समयमा राष्ट्रिय योजना आयोगको हलमा उपस्थित नभएपछि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले तीन जनाका लागि बुधबार (भोलि)का लागि समय तोकोको छ । तर, उनीहरू अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् ।

उनीहरूको राजनीतिक आस्था एउटै भएकाले सल्लाह गरेरै प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित नभएको हुन सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार थपिएको समयमा पनि उनीहरू नआउन सक्ने सम्भावना छ ।

स्रोतका अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री वर्षमान पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सन्तोषनारायणलाई जसरी पनि बोर्डको अध्यक्ष बनाउनुपर्ने दबाब दिएका छन् । यसैकारण पनि तीनजना एकै राजनीतिक आस्था भएकाले अध्यक्ष नहुने देखेपछि अन्तर्वार्तामा उपस्थित नभएको हुन सक्ने स्रोतको अनुमान छ ।

स्रोतका अनुसार तीनजना प्रस्तिस्पर्धीहरूले व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ता भए मन्त्रिपरिषद्‌मा नाम सिफारिस गर्न सकिन्छ । तर, दुई जनाको मात्र प्रस्तुतीकरण र अन्तर्वार्ता भएकाले तीन जनाले यो प्रक्रिया रद्द गर्न खोजेका हुन् ।

उनीहरू बुधबार उपस्थित नभए मन्त्रिपरिषद्ले नै अध्यक्ष छनोट प्रक्रिया रद्द गर्नेछ । त्यसपछि पुनः अध्यक्षका लागि सिफारिस समिति गठन गर्न सक्नेछ । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्