site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सन्देश

थोरै रिसहरू पोखेको थिएँ
मेटिदिएँ 
थोरै गुनासाहरू राखेको थिएँ
मेटिदिएँ 
थोरै थकानहरू बिसाएको थिएँ
मेटिदिएँ
थोरै दुःखहरू बताएको थिएँ
मेटिदिएँ
थोरै शंकाहरू पनि खोलेको थिएँ
मेटिदिएँ

र, अन्तमा 
‘ठिक छु, 
खुसी छु’
लेखी पठाएँ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी केके मेटिए भनेर 
तिमीले अब
कहिले बुझ्न पाउने छैनौ मेरी ज्यान !

तसर्थ,
तिमीकहाँ इनबक्समा आइपुगेको 
जो म्यासेज हो,
मेरो असली सन्देशबाहेक
सबै हो ।
(खोटाङ)

          
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्