site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकार फेरबदल : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकारको समीकरण र फेरबदलमा लागि परेको बताएका छन् । 

आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विगत लामो समयदेखि जनतालाई निरन्तर शोषण र लेकका खरी जुकाले रगत चुसेजस्तै चुसिरहेका राजनीतिक दलहरू विपद्का समयमा सत्ताको दाउपेचमा लागि परेको आरोप उनको थियो । जनता पहिरोमा पुरिएको, घरवारविहीन र डुवानका कारण ज्यान गुमाइरहँदा राज्य छ भन्ने महसुस दिन नसकेको उल्लेख गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अनि त्यो परिवर्तन आफू र आफ्नाहरूलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनुबाहेक अरू कुनै स्वार्थ छैन,” उनले भने, “वा ! सम्मानित नेताहरू भाषण त गज्जब गर्नुहुन्छ । प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलियोस् भन्नुहुन्छ । ४७ साल यताका फाइल खोलियोस् भनेर महत्त्वपूर्ण सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनुहुन्छ ।” 

उनले असार १५ मा प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलौँ भन्नेहरू भुटानी शरणार्थी प्रकरणमा अब हामी कोही नबच्ने रहेछौँ है भनेर नयाँ सहमतिको अवसर जुरेको भन्दै आक्रोश पोखे । “असार १५ कै अवसरमा होस् बूढालीलकण्ठबाट बालकोटसम्मको यात्रा तय गर्दैगर्दा तमाम नेपाली जनताले नजिकबाट नियालिरहेका छन्,” उनले भने ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्