site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीलाई सन्चो नभएपछि एमाले सचिवालय बैठक स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजेका निम्ति बोलाइएको बैठक स्थगित गरिएको हो ।

उक्त बैठक बुधबार (भोलि) बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । “आजका लागि तय भएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ,” उनले भने, “किन स्थगित गरियो भन्ने जानकारी आएको छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठकको मिति सारिएको बताइएको छ । सोमबार (हिजो) दाँत निकालेकाले ओलीलाई केही सन्चो नभएको सचिवालयले जनाएको छ ।

बुधबार बस्ने सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनका विषयमा छलफल गरिने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा यही असार २८ गते विश्वासको मत लिँदै छन् । उनले मत पाउने सम्भवना देखिँदैन ।

सरकार ढलेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने समझदारी नेपाली कांग्रेससँग भइसकेको छ । सोहीअनुसार सरकारमा जाने मन्त्रीहरूका विषयमा सचिवालय बैठकमा छलफल गर्ने तयारी छ ।

यस्तै, केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी छ । फरक भूगोलको जिम्मेवारी हटाएर घरपायक जिम्मेवारी दिने तयारी गरिएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्