site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले एमालेलाई सत्तामा जान नदिन पहल गरिरहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरिरहेको बताएका छन् । 

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्न पहल भइरहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्नेगरी भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको जिकिर गरे ।  भ्रष्टाचार, अस्थिरतालगायत स्वार्थप्रेरित काम देखिएको उनको आरोप छ । 

ओलीले अब बन्ने सरकार देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रित गर्ने दाबी गरे ।  
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्