site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रकाशमान सिंहसँग सूर्य थापाको आक्रोश, प्रधानमन्त्रीलाई मन्त्री फेर्न सुझाव

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापा सत्तासाझेदार दल नेपाली कांग्रेसप्रति आक्रोश पोखेका छन् । आइतबार बजेटमाथिको छलफलका क्रममा सांसद थापा कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग रुष्ट बनेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री नै फेर्न आग्रह गरे । "कोको मन्त्रीले संयुक्त सरकार हो भनेर हेक्का राखेर काम गर्नुपर्ने हो । यदि त्यो हुन्न भने प्रधानमन्त्रीज्यूले आफ्नो टिमको पुनर्मूल्यांकन गर्नुपर्छ," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अर्को वर्षसम्म अहिलेका सरकारका मन्त्रीहरू नरहनसक्ने समेत बताए ।

सिंहले आफ्ना बुवा गणेशमानको निष्ठालाई समेत ख्याल नगरेर बजेटमा बेइमानी गरेको थापाको आरोप छ । "सहरी विकास मन्त्रालय सबैभन्दा लथालिंग मन्त्रालय बनेको छ । जनताको पक्षमा ध्यान छैन । प्रकाशमान सिंह गणेशमानको छोरा हुनुहुन्छ भन्ने साथीहरूले सुनाउनभयो । हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन," थापाले भने ।

बजेट वितरणमा प्रधामन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले टुक्रे योजनामा बजेट नपार्ने विषयलाई कांग्रेसले ध्यान नदिएको उनको आरोप छ । थापाले 'जय नेपाल' भनेकै आधारमा पार्टी कार्यकर्ताले बजेट पाएको बताए ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्