site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेले मविरुद्ध ज्वाला संग्रौला र रमेश प्रसाईं प्रयोग गर्नुभयो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले समीक्षा यात्रापछि आफूले सभापति रवि लामिछानेसँगको सहमतिमै मिडियामा बोलेको बताएका छन् । सभापति लामिछानेले आफूलाई सरकारविरुद्ध नबोल्न भनेपछि नबोलेको पनि स्पष्ट पारे । 

बुधबार पत्रकार सम्मेलन गर्दै उनले ज्वाला संग्रौला र रमेश प्रसाईं लगाएर रवि लामिछानेले ‘मुकुल ढकाल मेरोविरुद्ध छ’ भन्ने भाष्य निर्माण गरेको जानकारी दिए । “मैले बोलेको कुरा सभापतिको अनुमति र सहमतिमा बोलेको हो । सरकारको विषयमा नबोल्देउ भनेपछि मैले त्यो कुरा बोलिन । तर, बोलेको कुरा समझदारीमा बोलेको हो सोधेर बोलेको हो,” उनले भने, “मैले पार्टी सभापति रवि लामिछानेविरुद्ध बोलेको छैन । पार्टी जोगाउनु पर्छ भनेको हो । उहाँले ज्वाला संग्रौला र रमेश प्रसाईंलाई परिचालित गरेर, मुकुल ढकाल रवि लामिछानेविरुद्धमा गयो भनेर भाष्य सेट गर्नुभयो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आफूले कालो टेप लगाएर बैठकमा प्रस्तुत हुनु गलत भएको भए त्यसको भागिदार हुने बताए । तर, महामन्त्रीले कालो टेप लगाएर बैठकमा उपस्थित हुँदा बैठक स्थगित गरेर वार्ता गर्ने प्रयास रवि लामिछानेले नगरेको बताए ।

“मैले उहाँसँग पटक पटक कुरा गर्न चाहे । तर, कुरा गर्न चाहनु भएन । तपाईंलाई प्रचण्ड, ओली, देउवाको घर जान मिल्छ भने भाइ वा महामन्त्री मान्ने भए वार्ता गर्न आउन मिल्छ । तर, उहाँ आउनु भएन,” उनले भने ।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्