site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाका शीर्ष नेताहरू बालुवाटारमा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । समाजवादी मोर्चामा रहेका दलका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरू बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाएका छन् ।  अहिले मोर्चाका संयोजक विप्लव छन् । प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमिल्सिनाले मोर्चाको बैठक नभएर अनौपचारिक छलफल रहेको बताए ।

“समाजवादी मोर्चामा रहेका दलका शीर्ष नेताहरूलाई प्रधानमन्त्रीले बोलाउनुभएको हो । आज औपचारिक बैठक होइन,” उनले भने ।  प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिँदै छन् । विश्वासको मत र मोर्चालाई अघि बढाउने विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्