site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कूटनीतिक पहलमार्फत भारतसँग सीमा समस्या समाधान गरिन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारसँग कूटनीतिक पहलमार्फत सीमा समस्या समाधान गरिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले भने, “सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिबद्धता रहिआएको छ । सोहीअनुरूप हाम्रो सक्रिय पहल रहने कुरा म स्पष्ट पार्न चाहन्छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

०८० पुस १९ गते सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा समेत सिमानाका विषयमा छलफल गरिएको उनले उल्लेख गरे । त्यति बेला नेपाल–भारत सीमाको बाँकी खण्डका काम छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको उनले बताए ।

यस दिन प्रतिनिधिसभा बैठकमा नौ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोधे ।

प्रश्नोत्तरको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्