site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'राजनीतिक प्रभावले संवैधानिक अंगका पदाधिकारीमा प्रधानन्यायाधीशले निर्णय गर्न सकेनन्'

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले न्यायालयमा राजनीतिक हस्ताक्षेप रहेको बताएका छन् । बीपी स्मृति दिवसको सन्दर्भमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा नेता कोइरालाले राजनीतिक प्रभावका कारण प्रधानन्यायाधीश र न्यायाधीशहरूले कतिपय विषयमा निर्णय गर्न नसकेको बताए । 

“न्यायपालिकामा पनि राजनीतिक हस्तक्षेप छ,” डा. कोइरालाले भने, “संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशले निर्णय गर्न सक्नुभएको छैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले न्यायालयको विषयमा बार एशोशिएसनले औपचारिक रूपमै प्रश्न उठाएको भन्दै त्यसको सम्बोधन आवश्यक भएको बताए । “बार एशोशिएसनले भेलाबाटै निर्णय गरेको छ, आवाज उठाएको छ,” डा. कोइरालाले भने, “न्यायालय सुधार, न्यायपरिषद् पुनर्संचना आवश्यक छ ।” 

उनले ठूला दलहरू एक ठाउँ हुँदा न्यायालयमा थप दबाबमा पर्न सक्ने भन्दै त्यस्तो प्रभावबाट बाहिर राख्न सरकारमा बस्ने दलहरूको भूमिका जिम्मेवार हुन आवश्यक रहेको बताए ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्