site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
क्याप्टेन शाक्यलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबाट घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई भेट्न अस्पताल पुगेका छन् ।

बुधबार साँझ सिनामंगलमा रहेको केएमसी अस्पताल पुगेर ओलीले क्याप्टेन शाक्यलाई भेटेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबाट घाइते भएका क्याप्टेन एम आर शाक्यको स्वास्थ्य अवस्था बुझ्न, प्रधानमन्त्री केपी शर्मा ओली केएमसी अस्पताल सिनामंगलमा पुग्नुभएको छ," ओलीको सचिवालयले‍ भनेको छ ।

बुधबार सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन शाक्यबाहेक अरू सबै १८ जनाले ज्यान गुमाएका थिए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्