site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटमा घर भत्किँदा एकै परिवारका आठजना घाइते
परम्परागत घरहरूले सजिएको जाजरकोटको कुशे गाउँपालिका–५ स्थित ढिमेगाउँ । फाइल तस्बिर : रासस ।

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–१२, काँडागाउँमा घर भत्किँदा एकै परिवारका आठजना घाइते भएका छन् ।

घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठ सदस्य घाइते भएका र उपचारका निम्ति उनीहरूलाई जाजरकोट अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ढुंगामाटोबाट निर्मित एकतले घर शुक्रबार बिहान भत्किँदा १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भीरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया संगीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।

पदम, सरिता र दिनेशसहित ६ जना गम्भीर घाइते छन् । जिल्ला अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । संगीता र नवराज सामान्य घाइते रहेका प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । रासस
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्