site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्