site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'स्थायित्वसहितको विकास गर्न कांग्रेस–एमालेको गठबन्धन बनेको हो, शंका नगर्नुहोस्'
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस–एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन् । परिवर्तन अभियान नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सिटौलाले स्थायित्वसहितको विकासका लागि कांग्रेस–एमाले समीकरण बनेकाले शंका नगर्न आग्रह गरे ।

"कांग्रेस एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिनका लागि बनेको हो," सिटौलाले भने, "यो समीकरणले संविधानको सफल कार्यान्वयन गर्नेछ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण (सबुज) बानियाँले काठमाडौं राजनीतिको क्रीडास्थलमात्र बनेको गुनासो गरे । गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेको उनको भनाइ थियो ।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशिल भट्टले अहिलेको युवाहरू दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । उनले युवाले पुराना नेतालाई गाली गर्न छोडेर डोहोर्‍याउन सक्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्