site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह, यहाँ गर्नोस् सम्पर्क
फाइल तस्बिर ।

काठमाडौं । लेबनान समेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले सतर्कता अपनाउन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ ।

लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गर्दै सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ ।

“लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ,” कायरोस्थित नेपाली दूतावासबाट जारी सूचनामा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंक मार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुकर मारिएपछि तनाव बढेको छ ।

कायरोमा सम्पर्कका निम्ति–

इमेल : eoncairo@mofa.gov.np

सम्पर्क व्यक्ति : दीपक घिमिरे – द्वितीय सचिव, फोन नम्बर +201097772348 (ह्वाट्सएप)

माधवराज काफ्ले – तृतीय सचिव, फोन नम्बर +201002505997 (ह्वाट्सएप)

बेरुतमा सम्पर्कका निम्ति–

इमेल : consul@consulateofnepal.com
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन नम्बर +9613301181/+96171688821/+96181883713

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्