site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुनबेगर मुद्दा चल्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्त्वमध्ये विधिको शासन एउटा भएको बताएका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा उनले लोकतन्त्रमा कानुनबेगर मुद्दा चलाउन नसकिने बताए ।

“फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि ! लोकतन्त्रमा मुद्दा कानुनबेगर चल्छ ? रहरमा मुद्दामा चल्दैन । कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,” उनले भने, “कुनै मुद्दा चलेको छ भने छुट्नु पनि कानुनबमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाइ थियो । “यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने, “समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।”

यस्तै, प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए । उनले यो प्रक्रियालाई सामान्य रूपमा लिन आग्रह समेत गरे । रासस

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्