site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नगदरहित दाबीका लागि आईजीआई र बालाजु अटोबीच सम्झौता

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस र अग्नि हायेर पर्चेज प्रालिले नगदरहित दाबीका लागि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।

बालाजु अटो वर्कस कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका वाग्मती प्रदेश प्रमुख (उपत्यकाभित्र) श्रीराम भण्डारी, गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारी, अग्नि ग्रुप तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरू उपस्थित थिए ।

समझौतापछि महिन्द्राका ग्राहकहरूले सवारी साधन मर्मत सम्भार वा बिमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउने छन् । महिन्द्रा फोर ह्विलरको नेपालका लागि अधिकृत बिक्रेता हो । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्