site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णाली सरकारमा कांग्रेसले पठायो चार मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।

दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“दलको बैठकको निर्णयअनुसार सिफारिस भएका चारैजना मन्त्रीको नाम मुख्यमन्त्रीसमक्ष पठाएका छौँ,” उनले भने, “तत्काल नियुक्ति दिएर शपथ ग्रहणका लागि प्रदेश प्रमुखसमक्ष अनुरोध गर्ने काम उहाँले अगाडि बढाउनुहुन्छ ।”

केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेको २० दिनपछि कर्णालीमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको हो । आठ सदस्यीय मन्त्रिपरिषद्‌मा एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक–एक राज्यमन्त्री सरकारमा छन् । बाँकी सबै मन्त्रालय कांग्रेसले लिएको हो ।

नेकपा (माओवादी केन्द्र)का चार मन्त्रीले यही साउन ७ गते सरकारबाट समर्थन फिर्ता लिँदै मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा दिएपछि ती मन्त्रालय रिक्त थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्