site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंक, आइडिया स्टुडियो र गण्डकी प्रदेशका तीन क्याम्पसबीच सम्झौता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रभु बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच छुट्टाछुट्टै सम्झौता भएको छ । संयुक्त विशेषज्ञता र नवप्रवर्तनमार्फत विद्यार्थीहरूमा चौतर्फी विकास गर्न यो सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, आइडिया स्टुडियो नेपाकातर्फबाट कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामा, धौलागिरी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. रामप्रुसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सहप्रध्यापक बिरन्जी गौतमले हस्ताक्षर गरे ।

यस सहकार्यले तीन क्याम्पसका विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ । प्रभु बैंकका सीईओ शेरचलने पनि गण्डकी प्रदेशका विद्यार्थीहरूमा उद्यमशिलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्य गरिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्