site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शेरचनको ‘गल्ली संसार’लाई ‘उत्तम शान्ति पुरस्कार’ 

काठमाडौं । उत्तम कुँवर स्मारक पुरस्कार गुठीद्वारा स्थापित ‘उत्तम शान्ति पुरस्कार २०८०’ निबन्धकार रोशन शेरचनद्वारा लिखित निबन्धकृति ‘गल्ली संसार’लाई प्रदान गरिएको छ । पुरस्कारका साथ एक लाख नगद राशि समेत प्रदान गरियो । 

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी, गुठीका सभापति डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले शेरचनलाई पुरस्कृत गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा ‘गल्ली संसार’का विषयमा बोल्दै कवि साहित्यकार भूपिनले वैचारिक निबन्धको क्षेत्रमा कृति नवीनतम उपलब्धि भएको बताए । 

वि.सं २०४४ सालबाट प्रदान गर्न थालिएको यस पुरस्कारबाट लैनसिंग वाङदेल, अम्बर गुरुङ, कृष्णचन्द्रसिंह प्रधान, जगदीश घिमिरे, मंजुल, परशु प्रधान, नारायण ढकाल, भूपिन, शारदा शर्मा, इल्या भट्टराई, दुर्गा घिमिरे, झमक घिमिरे, प्रदीप नेपाल, कृष्ण धरावासी, श्रीओम श्रेष्ठ रोदन, रवीन्द्र समीर, देवेन्द्र भट्टराई, कर्ण शाक्य, देवीचन्द्र श्रेष्ठ, निर्मोही व्यास, भीष्म उप्रेती लगायत पुरस्कृत भइसकेका छन् । 

कार्यक्रममा डा. त्रिपाठी, कृतिकार शेरचन, देवेन्द्र लोहनीलगायतले बोलेका थिए । 
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्