site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
फाइल तस्बिर ।

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त पाएका छन् । 

सोमबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्यमन्त्री कँडेलको पक्षमा आएको मत प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले घोषणा गरिन् ।

संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । 

केन्द्रमा सत्तासमीकरण बदलिएसँगै प्रदेशमा कांग्रेस–एमालेबीच सरकार बनेपछि उनले विश्वासको मत दिएका हुन् । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्