site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक : यस्तो छ कार्यदलको प्रतिवेदन

काठमाडौं । शीर्ष तीन दलले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकका विवादित विषयमा सहमति जुटाएका छन् । कार्यदल बनाएर भएको छलफलमा विवादित बुँदामा सहमतिपश्चात् हस्ताक्षर भएको छ । उक्त प्रतिवेदन समेत सार्वजनिक भएको छ । 

सार्वजनिक भएको प्रतिवेदनअनुसार मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषा, मेलमिलापको लागि स्वतन्त्र सहमति हुन नसकेका घटना, सशस्त्र द्वन्द्वमा जोडिएका तथा प्रभावित व्यक्तिहरू र मृत्यु भएका, घाइते तथा अपांग भएका सुरक्षाकर्मी वा निजका परिवार र घटी सजायको माग दाबीका सम्बन्धमा सहमति जुटेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा मानवअधिकार समितिमा दफाबार छलफलमा छ । समितिले उपसमिति तयार गरेर काम गर्दा पनि सहमति जुट्न सकेको थिएन । चार विषयमा एमाले कांग्रेस र माओवादी केन्द्रबाट रमेश लेखक, जर्नादन शर्मा र महेश बर्तौलाको कार्यदलले सहमति जुटाएको छ । 

यस्तो छ प्रतिवेदन

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्